पोखराको चुनावी अन्तर्घातमा मेरो कुनै संलग्नता छैन, पार्टीले सत्यतथ्य छानबिन गरोस् : राजीव पहारी

नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य राजीव पहारीले पोखरा उपमहानगरपालिकाको निर्वाचनमा आफूहरूबाट कुनै अन्तर्घात नभएको बताएका छन् । फरकधारसँगको कुराकानीमा उनले बरु आफूलाई बदनाम गराउन नियोजित रूपमा आफ्नो चरित्र हत्या र षड्यन्त्र रचिएको बताए ।   

नेता पहारीले अन्तर्घातको विषयमा छानबिन गरिने र दोषीलाई पार्टीले कारबाही गर्नुपर्ने पनि बताए । ‘यस विषयमा पार्टीले छानबिन कमिटी बनाएर सत्यतथ्य पत्ता लगाएर यथार्थ विवरण सार्वजनिक गर्न म आग्रह गर्छु । पार्टीको छानबिनमा मेरो कुनै संलग्नता पुष्टि भए जस्तोसुकै सजाय भोग्न तयार छु,’ उनले भने ।   

केही दिनअघि पोखरा महानगरमा एमालेबाट मेयर प्रत्यासी रहेका कृष्ण थापालाई हराउने योजना बनाइएको अडियो सार्वजनिक भएको थियो । सो अडियोमा एकीकृत समाजवादीका मेयर प्रत्यासी धनराज गुरुङलाई जिताउन एक व्यक्तिले प्रतिनिधिसँग रकम माग गरेको संवाद छ ।

सो रकम माग्ने पहारीनिकट व्यक्ति व्यक्ति भएका एमालेकै केही नेताले आरोप लगाएका छन् । तर, पहारीले भने यसमा कुनै सत्यता नरहेको दाबी गरेका छन् । साथै, उनले सत्यतथ्य कुरा बाहिर आउने र आफू त्यो प्रतीक्षाको पर्खाइमा रहेको पनि उल्लेख गरेका छन् ।

‘नखाएको विष कसरी लाग्ला र । अत्यन्तै धैर्यता र संयमताका साथ त्यो समयलाई पर्खी बसिरहनु बाहेक अरू के नै विकल्प छर मसँग यो समयमा? जति कष्ट भए पनि भोलि बिहान त हुन्छ तर आजको रात पर्खनुबाहेक अरू विकल्प नै के छ र मसँग अहिले?,’ पहारीले लेखेका छन् । 





  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार ९:३३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया