काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ को प्रारम्भिक मतपरिणाममा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले नै अग्रता लिएका छन् । १०० मत गणना हुँदा यो वडामा बालेनले ३८ मत प्राप्त गरेका हुन् ।
नेकपा एमालेका केशव स्थापितले २० र नेपाली कांग्रेसकी मेयर प्रत्यासी सिर्जना सिंहले १५ मत पाएकी छन् । वडा नम्बर २६ कोरसिटी मानिन्छ । तर, पनि स्थापित र सिर्जनाले यो वडामा अग्रता लिन सकेनन् ।
कोरसिटी नै मानिएको २७ नम्बर वडामा भने स्थापितले अग्रता लिएका छन् । यो वडामा उनले ४११ र बालेनले २१० मत पाएका छन् । वडा नम्बर २७ मा कांग्रेसकी सिंहले ३०० मत पाएकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।