पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष नै नेपाली कांग्रेसले जितेको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका श्रीकान्तप्रसाद यादव र उपाध्यक्षमा बबिता सिंह विजयी भए ।
पालिका अध्यक्षमा निर्वाचित यादवले ५७४९ मत प्राप्त गरे । पराजित नेकपा एमालेका महमद सलिम मन्सुरले ३९२६ मत ल्याए । उपाध्यक्षमा निवाृचित सिंहले ५५३१ मत ल्याइन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मीरादेवी कुर्मी ३३४५ मत प्राप्त गरिन् । त्यस्तै, उपाध्यक्षमा उम्मेदवारी दिएकी जनता समाजवादी पार्टी (जसपा) की जलेखा खातुनले ३१२३ मत पाइन् ।
उनी मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी पत्नी पनि हुन् । उनले आफ्नी पत्नीलाई उम्मेदवार बनाएपछि निवर्तमान गाउँपालिका उपाध्यक्ष बिस्मिल्लाह खातुनले पार्टी परित्याग गरेकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।