काठमाडौंमा ७३ हजार मतगणना : बालेनको अग्रता कायमै, स्थापित-सिर्जनाबीच मतान्तर घट्यो

काठमाडौं महानगरपालिकाको ७३ हजार ९३ मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले अग्रता कायमै राखेका छन् । उनले अहिलेसम्म २७ हजार ९६७ मत प्राप्त गर्दै अग्रता कायमै राखेका हुन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले १४ हजार ७८२ मत प्राप्त गरेका छन् । स्थापितभन्दा बालेन १३ हजार १८५ मतले अगाडि छन् । 

त्यस्तै, तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले १४ हजार ४३९ मत ल्याएकी छन् । उनले स्थापितसँगको मतान्तर घटाउँदै लगेकी छन् । अहिले सिर्जना र स्थापितबीचको मतान्तर ३४३ रहेको छ । 





  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार १०:५१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया