\
मिस नेपाल २०२२ का २८ जना प्रतिस्पर्धी छनोट भएका छन् । द हिडन ट्रेजरका अनुसार अडिसन दिएका १९६ जनामध्ये योग्यता पुगेका २८ प्रतिस्पर्धीलाई छनोट गरिएको हो ।
२८ जनाबाट पनि अन्तिम २४ जना प्रतिस्पर्धी तय हुने हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले जानकारी दिए । सबैको नाम आगामी साता सार्वजनिक गर्ने तयारी भएको छ ।
अन्तिम २८ जना प्रतिस्पर्धीमध्ये मिस सुदूरपश्चिमलाई सीधै प्रवेश दिलाइएको हो । यसपटक इतिहासमै पहिलोपटक झण्डै ८०० जनाले मिस नेपालमा आवेदन दिएका थिए ।
यसपटक सातै प्रदेशमा अडिसन गरिएको थियो । मिस नेपालको फिनाले ४ असारमा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।