केशव स्थापितको मत १६ हजार नाघ्यो, बालेन १३७३५ मतले अगाडि
फरकधार / ६ जेठ, २०७९

काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजानिक भएको छ । सार्वजानिक मत परिणाम अनुसार बालेन शाहको अग्रता कायमै छ ।



बेलुका ६ बजेसम्मको मत परिणाम अनुसार बालेनले २९ हजार ७६० मत ल्याएर अग्रता कायमै राखेका छन् ।

उनको पछिपछि रहेका एमालेका केशव स्थापितको १६ हजार मत कटेको छ । उनले १६ हजार २५ मत ल्याएका छन् ।



बालेनभन्दा स्थापित १३ हजार ७३५ मतले पछि छन् ।



तेस्रो स्थानमा रहेकी सिर्जना सिंहले १५ हजार ११० मत प्राप्त गरेकी छन् । उनी बालेनभन्दा १४ हजार ६५० मतले पछि छन् । बालेनले ३८ प्रतिशत मत ल्याउँदा केशवको २० र सिर्जनाको १९ प्रतिशत मत आएको छ ।

अहिलेसम्म काठमाडौंमा ७८ हजार ७७८ मत गणना भएको छ । अहिलेसम्म ८ वटाको मत गणना सकिएको छ भने ९ वटा वडाको गणना जारी छ ।

  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार १८:२६:२६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया