बालेनलाई तीनवटा वडामा स्थापितको भन्दा कम भोट, कुन वडामा कति भोट हेर्नुहोस् तालिका

काठमाडौं महानगरपालिकाको शुक्रबार बेलुका ६ बजेसम्मको मतपरिणाम अनुसार बालेनले २९ हजार ७६० मत ल्याएर अग्रता कायमै राखेका छन् । उनको पछि रहेका एमालेका केशव स्थापितको १६ हजार मत कटेको छ । उनले १६ हजार २५ मत ल्याएका छन् । बालेनभन्दा स्थापित १३ हजार ७३५ मतले पछि छन् ।

तेस्रो स्थानमा रहेकी सिर्जना सिंहले १५ हजार ११० मत प्राप्त गरेकी छन् । उनी बालेनभन्दा १४ हजार ६५० मतले पछि छन् । बालेनले ३८ प्रतिशत मत ल्याउँदा केशवको २० र सिर्जनाको १९ प्रतिशत मत आएको छ ।

समग्र मतमा बालेन अगाडि भए पनि तीन वटा वडा भने उनको मत कम आएको छ । वडा नम्बर २५ मा बालेन केशवभन्दा निकै पछि छन् । यहाँ अहिलसम्‍म ५०० मत गणना हुँदा बालेनले ७० मत पाएका छन् भने केशवको मत १२९ खसेको छ । सिर्जनाले ६९ मत पाएकी छन् ।

वडा नम्बर २७ मा पनि बालेन केशव र सिर्जना भन्दा पछि छन् । यहाँ १६९२ मत गन्दा बालेनले २८३ मत पाएका छन् भने केशवको ५३५  र सिर्जनाको ३६५ मत आएको छ ।

मतगणना सम्पन्न भएको वडा नम्बर २८ मा उनले स्थापतिले भन्दा कम मत ल्याएका छन् । यहाँ २९९७ सदर मत गन्दा उनले ७१७ मत पाएका थिए भने केशवको ७४१ मत खसेको थियो । सिर्जनाको ७१९ मत आयो ।

अहिलेसम्म काठमाडौंमा ७८ हजार ७७८ मत गणना भएको छ । अहिलेसम्म ८ वटाको मत गणना सकिएको छ भने ९ वटा वडाको गणना जारी छ ।



हेर्नुहोस् कसले कति कति मत पाए

वडा नम्बर १ (मतगणना सम्पन्न)



बालेन शाह (लौरो) ७८३

सिर्जना सिंह (रुख) ४५१

केशव स्थापित (सूर्य) ३६५

वडा नम्बर २ (मतगणना सम्पन्न)

बालेन शाह (लौरो) १२१५

सिर्जना सिंह (रुख) ४९७

केशव स्थापित (सूर्य) ७२८

वडा नम्बर ३ (मतगणना सम्पन्न)

बालेन शाह (लौरो) २४०६

सिर्जना सिंह (रुख) ११७०

केशव स्थापित (सूर्य) १२०३

वडा नम्बर ४ (मतगणना सम्पन्न)

बालेन शाह (लौरो) ३९५६

सिर्जना सिंह (रुख) १५२२

केशव स्थापित (सूर्य) १९२४

वडा नम्बर ५ (मतगणना सम्पन्न)

बालेन शाह (लौरो) १५०१

सिर्जना सिंह (रुख) ७२७

केशव स्थापित (सूर्य) १०६६

वडा नम्बर ६

बालेन शाह (लौरो) ३२३२

सिर्जना सिंह (रुख) २०८४

केशव स्थापित (सूर्य) १६१७

वडा नम्बर ७

बालेन शाह (लौरो) २१८८

सिर्जना सिंह (रुख) ८४४

केशव स्थापित (सूर्य) ९३४

वडा नम्बर ८

बालेन शाह (लौरो) ७९०

सिर्जना सिंह (रुख) ४९८

केशव स्थापित (सूर्य) ४२६

वडा नम्बर ९

बालेन शाह (लौरो) २०८

सिर्जना सिंह (रुख) ९२

केशव स्थापित (सूर्य) ६४

वडा नम्बर २५ (बालेनभन्दा केशव स्थापित अगाडि)

बालेन शाह (लौरो) ७०

सिर्जना सिंह (रुख) ६९

केशव स्थापित (सूर्य) १२९

वडा नम्बर २६

बालेन शाह (लौरो) १९९

सिर्जना सिंह (रुख) १२४

केशव स्थापित (सूर्य) ११५

वडा नम्बर २७ (बालेनभन्दा केशव र सिर्जना अगाडि)

बालेन शाह (लौरो) २८३

सिर्जना सिंह (रुख) ३६५

केशव स्थापित (सूर्य) ५३५

वडा नम्बर २८ (मतगणना सम्पन्न) यो

बालेन शाह (लौरो) ७१७

सिर्जना सिंह (रुख) ७१०

केशव स्थापित (सूर्य) ७४१

वडा नम्बर २९

बालेन शाह (लौरो) १६१७

सिर्जना सिंह (रुख) ९७१

केशव स्थापित (सूर्य) ११७१

वडा नम्बर ३० (मतगणना सम्पन्न)

बालेन शाह (लौरो) १७०१

सिर्जना सिंह (रुख) १०१९

केशव स्थापित (सूर्य) ७४९

वडा नम्बर ३१

बालेन शाह (लौरो) ३४५४०

सिर्जना सिंह (रुख) १९७२

केशव स्थापित (सूर्य) १७८३

वडा नम्बर ३२ (मतगणना सम्पन्न)

बालेन शाह (लौरो) ५४४०

सिर्जना सिंह (रुख) १९९५

केशव स्थापित (सूर्य) २४७५

  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार १८:५२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया