रामगोपालपुर नगरपालिकाको मेयर/उपमेयर एमालेले जित्यो
फाइल तस्वीर

महोत्तरीको रामगोपालपुर नगरपालिकामा नेकपा एमालेका मेयर र उपमेयर निर्वाचित भएका छन् ।

मेयरमा एमालेका राम दुलार साह ५ हजार ३४९ मत ल्याएर निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका अशोक कुमार मण्डलले ३ हजार ५८६ मत पाएका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका रघुनाथ प्रसाद यादवले २ हजार ५३३ मत मात्र पाएका छन् ।

यस्तै उपमेयरमा पनि एमालेकै रिना देवी यादव निर्वाचित भएकी छन् । उनले ४ हजार २६३ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा देवी कुशवाहाले ३ हजार ४०३ मत ल्याएकी हुन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रकी सीता देवी साहले ३ हजार २५१ मत पाएकी छन् । 



रामगोपालपुर नगरपालिकाको ९ मध्ये ४ मा माओवादी केन्द्र, ३ मा एमाले, १ मा कांग्रेस र १ मा लोसपाका उम्मेदवारहरु जितेका छन् ।

सम्सी गाउँपालिकामा जसपाका अध्यक्ष र उपाध्यक्ष निर्वाचित
 
त्यस्तै, सम्सी गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् ।



अध्यक्षमा जसपाका राम नाथ यादव ३ हजार ८९३ मत ल्याएर निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उत्तिम प्रसाद यादवले २ हजार ५८२ मत पाएका छन् ।

त्यस्तै, लोसपाका शेष अनवारुल हकले २ हजार १६९ मत मात्र पाएका छन् ।
यस्तै उपाध्यक्षमा पनि जसपाकै अनिता कुमारी निर्वाचित भएकी छन् । उनले ३ हजार २९५ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उर्मिला देवी साहले २ हजार ६८२ मत ल्याएकी हुन् ।

त्यस्तै, नेकपा एमालेकी मिनाक्षी कुमारीले १ हजार ७३७ मत पाएकी छन् । 
सम्सी गाउँपालिकाको ७ मध्ये ३ मा कांग्रेस, १ मा स्वतन्त्र, २ मा जसपामा, १ मा माओवादी केन्द्रका उम्मेदवारहरु जितेका छन् ।

  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार २०:५२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया