धनुषाकाे मिथिला बिहारीमा मेयरमा कांग्रेस, उपमेयरमा माओवादी केन्द्र विजयी

धनुषाको मिथिला बिहारी नगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेस र उपमेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार निर्वाचित भएकी छन् । काङ्ग्रेसका राजेन्द्रप्रसाद यादवले ४३०४ मत ल्याई निर्वाचित भएका हुन् । 

नेकपा एमालेका प्रतिद्वन्द्वी उम्मेदवार समेत रहेका निवर्तमान मेयर अनिलकुमार यादवले ४०४९ मत ल्याएका छन् भने माओवादीका सुर्यनारायण मण्डलले ३७४५ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा माओवादीकी शोभा देवी साहले ३३३० मत ल्याई निर्वाचित भएकी छन् । उनकी निकटतम नेकपा एकीकृत समाजवादीकी अनिता कुमारीले २७९७ मत प्राप्त गरेकी छन् ।

त्यस्तै मिथिला बिहारी नगरपालिकाको वडा नम्बर १,४ र १० मा काँग्रेस निर्वाचित भएका छन् भने वडा नम्बर २, ३ र ७ मा माओवादी, वडा नम्बर ५, ६, ८ मा जसपा नेपाल र वडा नम्बर ९ मा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
 





  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार ११:७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया