राष्ट्रपतिसमक्ष चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न चार देशका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि नियुक्त प्रजातान्त्रिक जनगणतन्त्र कोरिया, जनवादी गणतन्त्र चीन, साउदी अरेबिया अधिराज्य र स्विडेन अधिराज्यका राजदूतले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । 

राष्ट्रपति भण्डारीसमक्ष प्रजग कोरिया, चीन, साउदी अरेबिया र स्वेडेनका राजदूत क्रमशः जो योङ म्यान, हउ यांकी, मुसादबिन सुलेमान एम अलमाउने र क्लास मोलिनले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरे । 

नेपालका लागि प्रजग कोरिया, चीन र साउदी अरेबियाका राजदूत आवासीय कूटनीतिज्ञ हुन् भने स्विडेनका राजदूत गैरआवासीय हुुन् । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शंकररदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, शिष्टाचार महापाल दीपक अधिकारीलगायत नेपाल सरकारका उच्च अधिकारी उपस्थित थिए । 

प्रमाणपत्र प्रस्तुत गर्नुअघि राजदूतहरुलाई विशेष सम्मानका साथ लाजिम्पाटस्थित सांग्रिला होटलबाट राष्ट्रपति कार्यालयसम्म बग्गीमा सवार गराइएको थियो । 





  • प्रकाशित मिति : पुस २३, २०७५ साेमबार १५:५४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया