धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित निश्चित
फाइल तस्वीर

धनगढी उपमहानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित निश्चित भएको छ । गन्न बाँकी मतभन्दा मतान्तर बढी भएपछि हमालको जित निश्चित देखिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार बेलुका ५ बजे सार्वजनिक गरेको मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले ११ हजार ७५८ मतको अग्रता लिएका छन् ।

६३ हजार ७१५ मत खसेको धनगढीमा ५६ हजार २२६ मत गन्दा हमालले २४ हजार ५२९ मत पाएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले १२ हजार ७७१ मत प्राप्त गरेका छन् ।

यस्तै, नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ७ हजार ३८३ मत ल्याएर तेस्रो स्थानमा छन्  अब धनगढीमा करिब साढे ७ हजार मत मात्रै गन्न बाँकी छ ।
१९ वटा वडा रहेको धनगढीमा हालसम्म १, २, ३, ४, ५, ६, ७, ८, १३, १४, १५, १६, १७, १८ र १९ वडाको मतगणना सकिएको छ ।





  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार १९:२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया