नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक फेसबुकबाट नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’माथि तथानाम गाली गरिएको पोस्ट हटाइएको छ ।
एक अनलाइन पोर्टलको न्युज शेयर गर्दै प्रचण्डको आधिकारिक फेसबुक पेजमा थापालाई तथानाम गाली गरिएको थियो । सो पोस्ट अपलोड भएको केही बेरमै हटाइएको हो ।
उक्त समाचारमा 'केपी ओली युवाहरुका मात्रै होइन, विचार र आस्थाका पनि 'बा' हुनुहुन्छ : रामबहादुर थापा 'बादल' भन्ने शीर्ष रहेको उक्त पोर्टलको न्युज पोस्ट गर्दै त्यसको क्याप्सनमा 'स्खलतको चरमता ! यही आस्था का बा थिए भने २०५१ मै केपीको भजन गाएको भए हुने !! लाखौँ युवालाई सपना देखाएर आज तिनै सपना बलात्कृत गर्ने बाहरूको चकरी गर्न अलिकति पनि लज्जा लाग्दैन ? पतनको यो घीनलाग्दोपना किन प्रदर्शन गरिराख्यौ?' लेखिएको थियो ।
थापाबारे यस्तो टिप्पणी गरेर गरिएको पोस्ट उनको पेजबाट हटाइएको हो । अहिले पेजमा उक्त पोस्ट भेटिँदैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।