८ माघ, २०८२ बिहीबार
Jan. 22, 2026

बादललाई गाली गरेको पोस्ट प्रचण्डको फेसबुक पेजबाट 'डिलिट'

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक फेसबुकबाट नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’माथि तथानाम गाली गरिएको पोस्ट हटाइएको छ ।

एक अनलाइन पोर्टलको न्युज शेयर गर्दै प्रचण्डको आधिकारिक फेसबुक पेजमा थापालाई तथानाम गाली गरिएको थियो । सो पोस्ट अपलोड भएको केही बेरमै हटाइएको हो । 



उक्त समाचारमा 'केपी ओली युवाहरुका मात्रै होइन, विचार र आस्थाका पनि 'बा' हुनुहुन्छ : रामबहादुर थापा 'बादल' भन्ने शीर्ष रहेको उक्त पोर्टलको न्युज पोस्ट गर्दै त्यसको क्याप्सनमा 'स्खलतको चरमता ! यही आस्था का बा थिए भने २०५१ मै केपीको भजन गाएको भए हुने !! लाखौँ युवालाई सपना देखाएर आज तिनै सपना बलात्कृत गर्ने बाहरूको चकरी गर्न अलिकति पनि लज्जा लाग्दैन ? पतनको यो घीनलाग्दोपना किन प्रदर्शन गरिराख्यौ?' लेखिएको थियो । 

थापाबारे यस्तो टिप्पणी गरेर गरिएको पोस्ट उनको पेजबाट हटाइएको हो । अहिले पेजमा उक्त पोस्ट भेटिँदैन ।





  • प्रकाशित मिति : ७ जेठ, २०७९ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया