हावाहुरीले छाना उडाएपछि बैतडीका विद्यालयमा पठनपाठनमा समस्या

शुक्रबार साँझतिर आएको हावाहुरीले बैतडीका विभिन्न स्थानमा रहेका विद्यालय भवनमा क्षति पुर्याएको छ । जिल्लाको पाटन नगरपालिका वडा नं ३ स्थित गुजर माविको दुईकोठे भवन र तीनकोठे भवनको शौचालयको छाना हावाहुरीले उडाएको स्थानीय जयन्ती अवस्थीले जानकारी दिइन् ।  

विद्यालयको जस्तापाताले छाएको भवनको छानो उडाउँदा पठनपाठनमा समस्या भएको छ । यस्तै, शौचालय भवनको समेत छानो उडाउँदा समस्या भएको उनले बताइन् । 

यस्तै, पाटन नगरपालिका ६ स्थित डाँडाबाग आधारभूत विद्यालयको छाना पनि हावाहुरीले उडाएको छ । विद्यालय भवनको छाना उडाएपछि पठनपाठनमा समस्या भएको विद्यालयले जनाएको छ । 

यस्तै, सिगास गाउँपालिका वडा नं ४ स्थित देउलेक आधारभूत विद्यालय भवनको छाना हावाहुरीले उडाएको छ । शुक्रबार आएको हावाहुरीले विद्यालयको ४ कोठे भवनको छाना उडाएको स्थानीय धनबहादुर धामीले बताए । जिल्लाका अन्य ठाउँमा पनि हावाहुरीले क्षति पुर्याएका खबर प्राप्त भइरहेका छन् ।





  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार २०:२२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया