पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै

पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादी पार्टीका धनराज आचार्यले अग्रतालाई कायमै राखेका छन् । ९२ हजार ५६१ मत गणना सम्पन्न हुँदा आचार्यले ३७ हजार १२२ मत पाएका छन् ।

यसैगरी, नेकपा एमालेका कृष्ण थापाले ३३ हजार ८५० मत पाएका छन् । राप्रपाका शंकर खरालले ४ हजार २२८ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २ हजार ४४५ मत ल्याएका छन् ।

यस्तै, उपमेयरमा भने एमालेकी उम्मेदवारले अग्रता बनाएकी छन् । एमालेकी उम्मेदवार मन्जु गुरुङले ३८ हजार मत कटाउँदा कांग्रेसका उम्मेदवार कोपिला रानाभाटको ३७ हजार ५४५ मत आएको छ । राप्रपाकी रन्जना सेनले ४ हजार १३१ मत ल्याएकी छन् ।





  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार २०:२९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया