काठमाडौंमा १ लाख मत गन्दा बालेनको अग्रता कायमै, तेस्रो स्थानमा स्थापित

काठमाडौं महानगरपालिकाको १ लाखभन्दा बढी मत गणना भएको छ । 

जारी मतगणनाको पछिल्लो मत परिणामअनुसार काठमाडौंमा १ लाख ३४ मतगणना सकिँदा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ । 

उनी आफ्ना प्रतिस्पर्धीभन्दा धेरै मतसंख्याले अगाडि छन् । ताजा मत परिणामअनुसार उनले ३६ हजार २२६ मत ल्याएका छन् ।

पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसकी सिर्जना सिंह १९ हजार ९१० मतसहित दोस्रो स्थानमा छिन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापित १९ हजार ८५० मतसहित तेस्रो स्थानमा छन् ।

बालेनको सिर्जनासँग १६ हजार ३१६ र स्थापितसँग १६ हजार ३७६ मतान्तर छ । स्थापितभन्दा सिर्जना ६० मतले अगाडि छन् ।

हाल काठमाडौंका वडा नं १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मत परिणाम सार्वजनिक भइसकेको छ । यी वडामध्ये वडा नम्बर १, २, ३, ४, ५, ३१ र ३२ मा एमाले विजयी भएको छ । कांग्रेस वडा नम्बर ६, ७, २७, २८ र ३० मा विजयी भएको छ । 



त्यसैगरी वडा नं ७, ९, १०, २३, २४, २५, २६, २७ र ३१ को मतगणना जारी छ । यहाँ कुल मतदाता तीन लाख २४२ रहेकामा जम्मा ६३ दशमलव ४९ प्रतिशतले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । अहिले राष्ट्रियसभा गृहमा मतगणना जारी छ ।



  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार २१:३६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया