काठमाडौंमा बालेनको फराकिलो अग्रता, सिर्जना १७ हजारभन्दा बढी मतले पछाडि

काठमाडौं महानगरपालिकाको १ लाख ६ हजार मत गणना हुँदा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले अग्रता कायमै राखेका छन् । 

आज बिहानको अपडेटअनुसार १ लाख ६ हजार ८५२ मत गणना हुँदा बालेनले ३८ हजार ३३३ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी मेयर प्रत्यासी सिर्जना सिंहले २१ हजार २९९ मत पाएकी छन् । 

उनी बालेनभन्दा १७ हजार ३४ मतले पछाडि छिन् । त्यस्तै, नेकपा एमाले मेयर उम्मेदवार केशव स्थापितले २१ हजार ८ मत पाएका छन् । स्थापितसँग बालेनको मतान्तर १७ हजार ३२५ रहेको छ । 

सिर्जना र स्थापितको मतान्तर २९१ मत छ । अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सकिसकेको छ । वडा नम्बर ७, ९, १०, ११, १२, २३, २४, २५ र २६ को मतगणना अहिले राष्ट्रिय सभा गृहमा जारी छ ।





  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार ६:३९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया