चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो अग्रता कायमै राखेकी छन् । आज बिहानसम्म ८९ हजार ५०८ मत गणना हुँदा रेनु दाहालले एमालेका उम्मेदवारभन्दा ७ हजार ४१५ को अग्रता बनाएकी हुन् ।
अलिहेसम्म रेनुले ३५ हजार ९८ र उनलाई पछ्याइरहेका एमाले–राप्रपाका उम्मेदवार विजय सुवेदीले २७ हजार ६८३ मत प्राप्त गरेका छन् ।
मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल (भुइँकटहर)ले ११ हजार ८३५ मत पाएका छन् । उपमेयरतर्फ नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३७ हजार ३२६ मत पाउँदै अग्रता कायमै राखेका छन् ।
राप्रपाकी हिमला गुरुङले २१ हजार ९ सय मत ल्याएकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।