\


काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापितभन्दा १८ हजार मतले अगाडि
फरकधार / ८ जेठ, २०७९
यो सामग्री सेयर गर्नुहोस्

काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले आफ्नो फराकिलो अग्रता कायमै राखेका छन् । उनले निकटतम प्रतिद्वन्द्वीभन्दा १७ हजार ५२८ मतान्तरको अग्रता कायमै राखेका हुन् ।

१ लाख ९ हजार ५३७ मतगणना हुँदा बालेनले ३९ हजार ६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट मेयर प्रत्यासी रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २२ हजार ७२ मत पाएकी छन् ।  

तेस्रो स्थानमा रहेका नेकपा एमालेका उमेदवार केशव स्थापितले २१ हजार ५७१ मत प्राप्त गरेका छन् । उनी शाहभन्दा १८ हजार २९ र सिंहभन्दा ५०१ मतले पछाडि छन् ।





  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार ९:१५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया