वीरगञ्ज महानगरपालिकामा गठबन्धनबाट मेयर उमेदवार रहेका जसपाका राजेशमान सिंहले झण्डै दोब्बर मतले अग्रता कायमै राखेका छन् । उनी एमाले–लोसपा गठबन्धनका उम्मेदवार विजयकुमार सरावगीभन्दा १५ हजार ३३६ मतले अगाडि रहेका हुन् ।
पछिल्लो मतपरिणामअनुसार सिंहले ३२ हजार १५८ मत प्राप्त गरेका छन् । उनलाई एमालेका विजय सरावगीले १६ हजार ८२२ मत प्राप्त गरेका छन् ।
राप्रपाबाट मेयरका उम्मेदवार रेहका गिरिश गिरीले २ हजर ३५९ मत पाएका छन् । त्यस्तै, गठबन्धनबाटै उपमेयर उम्मेदवार रहेका नेपाली कांग्रेसका इम्तियाज आलमले २२ हजार १०५ मत ल्याएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी एमाले–लोसपा गठबन्धनबाट उपमेयरका उम्मेदवार रहेका लोसपाका पुरुषोतम झाले ५ हजार २६६ मत प्राप्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।