पोखरामा गठबन्धनका धनराजले कटाए ४० हजार मत, उपमेयरमा एमालेकी मञ्जु अगाडि

पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनबाट प्रत्यासी रहेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै रहेको छ । १ लाख १ हजार १२१ मतगणना हुँदा उनी ४० हजार ४३४ मतका साथ अग्र स्थानमै रहेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापाले ३७ हजार १७४ मत पाएका छन् । उनी आचार्यभन्दा ३ हजार २६० मतले पछाडि छन् । राप्रपाका उम्मेदवार शंकर खरालले ४ हजार ५८२ र स्वतन्त्र मेयरका उम्मेदवार खडकराज पौडेल (गनेस) ले २ हजार ६१३ मत पाएका छन् ।

उपमेयरमा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ अगाडि छिन् । उनले ४२ हजार ३१६ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी उपमेयर उम्मेदवार कोपिला रानाभाटले ४० हजार ७०४ मत प्राप्त गरेकी छन् ।

मञ्जुभन्दा कोपिला १ हजार ६१२ मतले पछि छिन् । त्यस्तै, राप्रपाकी उपमेयर उम्मेदवार रञ्जना कुमारी सेन पौडेलले ४ हजार ५०९ मत पाएकी छन् ।  

 
 





  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार १०:१६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया