\
काठमाडौं महानगरपालिकाको स्वतन्त्र मेयर उम्मेदवार बालेन्द्र शाह (बालेन) ले ३९ हजार मत कटाएका छन् । १ लाख ९ हजार ५३७ मत गन्दा उनले ३९ हजार ६ मत प्राप्त गरेका हुन् ।
बालेनले अहिलेसम्म ३६ प्रतिशत मत ल्याएका छन् । उनलाई पछ्याइरहेकी गठबन्धनको तर्फबाट मेयर उम्मेदवार रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २२ हजार ७२ मत ल्याएकी छन् ।
उनी र बालेनबीचको मतान्तर १६ हजार ९३४ रहेको छ ।
त्यस्तै, नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले २१ हजार ५७१ मत प्राप्त गरेका छन् । उनी सिंहभन्दा ५०१ मतले पछाडि छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।