\
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले अग्रता कायमै राखेका छन् । १ लाख १२ हजार १२७ मतगणना हुँदा उनले ४० हजार ३ मत प्राप्त गरेका छन् ।
बालेनलाई पछ्याइरहेकी कांग्रेसकी सिर्जना सिंहले २२ हजार ७४९ मत प्राप्त गरेकी छन् । उनी बालेनभन्दा १७ हजार २५४ मतले पछाडि छिन् ।
त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापित २२ हजार ९५ मत पाएका छन् । उनी सिर्जनाभन्दा ६५४ मतले पछाडि छन् । अब ८७ हजार मत गणना गर्न बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।