अफगानिस्तानमा महिला पत्रकारलाई तालिबानको उर्दी : अनुहार ढाकेर मात्र टेलिभिजनमा प्रस्तुत हुनू

तालिबानले महिला अफगान टिभी प्रस्तोता र स्क्रिनमा रहेका अन्य महिलाहरूलाई आफ्नो अनुहार छोप्न आदेश दिएको छ । मिडिया आउटलेटहरूलाई बुधबार आदेशको बारेमा बताइएको एक धार्मिक प्रहरी प्रवक्ताले बताए । 

तालिबानले सबै महिलाहरूलाई सार्वजनिक रूपमा अनुहारमा बुर्का लगाउन वा सजायको भागिदार हुन आदेश दिएको दुई सातापछि पछिल्लो निर्णय आएको हो । 

१५ अगस्टमा अफगान सत्तामा आएको तालिबानले महिलाहरूमाथि प्रतिबन्धहरू कडा बनाएको छ । उनीहरूलाई पुरुष अभिभावकबिना यात्रा गर्न प्रतिबन्ध लगाइएको छ । केटीहरूको लागि माध्यमिक विद्यालयहरू बन्द छन् ।

तालिबानको पछिल्लो निर्देशन सुनेर आफू चकित परेको एउटा स्थानीय टेलिभिजन स्टेसनमा काम गर्ने एक महिला अफगान पत्रकारले बताइन् ।

‘टेलिभिजनमा हामीलाई रोक्न उनीहरूले अप्रत्यक्ष रूपमा दबाब दिइरहेका छन् । ‘म कसरी मुख छोपेर समाचार पढ्न सक्छु? अब के गर्ने थाहा छैन, मैले काम गर्नुपर्छ । घर परिवार पाल्ने जिम्मा ममाथि छ ।’ 

तालिबानको नयाँ घोषणा २१ मेदेखि लागू हुने रोयटर्स समाचार संस्थाले जनाएको छ । तालिबानको निर्देशनलाई समूहका प्रवक्ताले ‘सल्लाह’ को रुपमा उल्लेख गरेका छन् । पालन नगर्नेलाई कस्तो कारबाही हुन्छ भन्ने बारेमा केही उल्लेख छैन् । 





  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार १२:४३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया