पोखरा महानगर अपडेट : धनराजको अग्रता कायमै, पछ्याउँदै थापा

पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनबाट मेयर उम्मेदवार रहेका एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राखेका छन् । १ लाख ४ हजार २१२ मतगणना हुँदा उनले ४१ हजार ७०५ मतका साथ अग्रता कायमै राखेका हुन् ।

दोस्रो स्थानमा रहेका नेकपा एमालेका कृष्ण थापाले ३८ हजार ३१० मत ल्याएका छन् । उनी आचार्यभन्दा ३ हजार ३९५ मतले पछाडि छन् । 

त्यस्तै, राप्रापका मेयर उम्मेदवार शंकर खरालले ४ हजार ६९० र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २ हजार ६४९ मत पाएका छन् । 

त्यस्तै, उपमेयरमा एमालेकी मञ्जु गुरुङले ४३ हजार ६१६ मत ल्याएर अग्रता कायमै राखेकी छन् । उनलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ४१ हजार ९२० मत प्राप्त गरेकी छन् ।

राप्रपाकी रञ्जना सेनले ४ हजार ६२९ मत पाएकी छन् ।
 





  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार १४:१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया