\
काठमाडौं महानगरपालिकाको पछिल्लो मत गणना अनुसार बालेन शाहको अग्रता कायमै छ ।
उनले ४० हजार ४२७ मत सहित आफ्नो अग्रता कायमै राखेका छन् ।
उनलाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेकी छन् ।
सिर्जनाको मत २३ हजार १९३, र केशव स्थापितले २२ हजार ५१५ मत ल्याएका छन् । अहिलेसम्म १ लाख १४ हजार २०५ मत गणना भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।