\
स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । मतगणनाको पछिल्लो मत परिणामअनुसार बालेन शाहको अग्रता कायमै छ ।
उनको सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहसँग १७ र नेकपा एमालेका केशव स्थापितसँग १८ हजारको मतान्तर रहेको छ ।
उनले अहिलेसम्म ४० हजार ४२७ मतसहित उनले आफ्नो फराकिलो अग्रतालाई कायमै राख्दा सिंहले २३ हजार ५४८ मत पाएकी छन् । त्यस्तै, स्थापित २२ हजार ६९६ मतसहित तेस्रो स्थानमा छन् ।
शाहको सिंहसँग १७ हजार ३७१ र स्थापितसँग १८ हजार २३१ मतान्तर रहेको छ । त्यस्तै, स्थापितभन्दा सिर्जना ८५२ मतले अगाडि छन् ।
यहाँ अहिलेसम्म १ लाख १५ हजार ६५१ मत गणना भएको छ भने अझै ७५ हजार ५३५ मत गन्न बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।