अस्मिता र राजेश पायलको स्वरमा 'तिम्रै नाम होस्' सार्वजनिक

गायक राजेश पायल राई र गायिका अस्मिता अधिकारीको युगल स्वरमा समावेश 'तिम्रै नाम होस' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द अमेरिकाको ओहायो निवासी गीतकार गोपाल लोहारको रहेको छ।  

यस गीतलाई वरिष्ठ संगीतकार वसन्त सापकोटाले संगीतवद्ध गरेका हुन् भने संजिव बराइलीले संगीत संयोजन गरेका हुन्।  प्रेम जीवनमा  रमाइरहेका प्रेमिल जोडीहरुले एक अर्का प्रतिको  प्रेम र सम्मानको भावनालाई भिडियोमा प्रस्तुत गरिएको छ।

म्युजिक भिडियोमा स्वयं गायक राई र नायिका केकी अधिकारी फिचर्ड छन्। सुदीप बरालले छायाँकन गरेको यस भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका हुन्।  

भीमा लोहार निर्मात्री रहेको यस भिडियोलाई कविराज गहतराजको निर्देशनमा तयार पारिएको हो। गोलो प्रोडक्सनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। 





  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार १७:१२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया