काठमाडौं– आइतबार संसद् बैठकमा सम्बोधन गर्दा प्रयोग गरिएका तथ्याङ्कमाथि विपक्षी र मिडियाले गरेको आलोचनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डन गरेका छन् । उनले सरकार तथ्याङ्कसँग खेलेर नबस्ने तर आफैं तथ्याङ्क बनाउनेसमेत दाबी गरे ।
सोमबार नेपाल चेम्बर अफ कमर्सको ६८ औं वार्षिक साधारण सभाको उद्घाटनमा बोल्दै ओलीले सरकारले १० महिनामा गरेको कामको प्रगति विवरण संसद बैठकमा प्रस्तुत गरेको र प्रगति देखेर विपक्षी आत्तिएको बताए ।
‘हामी नयाँ तथ्याङ्क निर्माणमा लागेका छौँ,’ उनले भने, ‘मलाई कुनै झुटा आँकडा पेश गर्नु पर्ने आवश्यकता नै छैन ।’
आइतबार संसद् बैठकमा ओलीले प्रस्तुत गरेका तथ्याङ्क भने सरकारी तथ्याङ्कसँग नै मिल्दैनन् ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले देशको समग्र विकासका लागि आवश्यक कानुन संशोधन गर्न सरकारसँग मागे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।