स्पेनिस ला लिगअन्तर्गत गएरातिको आफ्नो अन्तिम खेलमा घरेलु टोली बार्सिलोना पराजित भएको छ । ऊ क्याम्प नोउमा भिल्लारियलसँग २–० ले पराजित हुन पुगेको हो ।
४१ औं मिनेटमा अलफन्सो पेडराजाले भिल्लारियललाई अग्रता दिलाए । ५५ औं मिनेटमा मोई गोमेजले गोल गरेपछि पाहुना टोलीले २–० को सहज जित निकाल्यो ।
यो जितसँगै भिल्लारियल ३८ खेलबाट ५९ अंक जोडेर सातौँ स्थानमा रहँदै युरोपा कन्फ्रेन्स लिगमा छनोट हुँदा पराजित बार्सिलोना ७३ अंकका साथ दोस्रो स्थानमा रह्यो ।
लिगअन्तर्गतकै अन्य खेलमा एट्लेटिको मड्रिड, सेभिया, मालोर्का, इल्चे, कार्डिजले जित हात पार्दा ग्रानाडा र स्पान्योल गोलरहित बराबरीमा रोकिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।