सपथलगत्तै टोकियो जाँदै अस्ट्रेलियाका नवनियुक्त प्रधानमन्त्री

एन्थोनी अल्बानिजले अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीको रूपमा सपथ लिएका छन् । नवनियुक्त प्रधानमन्त्री एन्थोनी आजै क्वाड शिखर सम्मेलनमा सहभागी हुन जापान जाँदैछन् । 

क्वाड राष्ट्रका सदस्यहरू अमेरिका, भारत र जापानका नेताहरूलाई भेट्न उनी जापानको राजधानी टोकियो प्रस्थान गर्न लागेका हुन् । एन्थोनीले नयाँ विदेशमन्त्री पेनी वोङसहित चार प्रमुख मन्त्रिपरिषद् सदस्यसँग सपथ लिएका छन्, जो उनीसँगै टोकियो जानेछन् ।  

शनिबार सम्पन्न आम निर्वाचननमा एन्थोनीको लेबर पार्टी विजयी भएको थियो । एन्थोनीले एक्लै बहुमतको सरकार बनाउँछन् वा गठनबन्धनको नेतृत्व गर्छन भन्ने बारेमा प्रष्ट पारिएको छैन । 

झण्डै एक दशकपछि अस्ट्रेलियामा लेबर पार्टीले सरकार गठन गरेको हो । पार्टीले तल्लो सदनमा ७२ सिट जितेको छ । बहुमतको सरकार गठन गर्न ७६ सिट आवश्यक पर्छ ।  





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार ९:३५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया