जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार उनले १२ हजार २८३ मत ल्याएर अग्रता कायम राखेका हुन् ।
उनलाई एमालेका शिवशंकर साह हिराले ९ हजार ३०३ मत ल्याएर पछ्याइरहेका छन् । त्यस्तै, लोसपाका मनोज चौधरीले ५ हजार १६ मत पाएका छन् ।
गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार लालकिशोर साह ४ हजार ८०८ मत प्राप्त गरी चौथो स्थानमा पुगेका छन् । सुरुदेखि चौथो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार बलराम महतो ३ हजार ७३४ मत प्राप्त गरी पाँचौं स्थानमा पुगेका छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार जानकीराम साहले २ हजार २१ मत पाएका छन् । त्यस्तै, जनमतकी अनिता देवीले १ हजार ३७१ र तमलोपाकी बिभा ठाकुरले १ हजार १२१ मत प्राप्त गरेकी छन् ।
उपमेयरमा भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका किशोरी साहले १४ हजार ८३२, नेकपा एमालेकी रूणा झाले १० हजार ५३४, लोसपाकी रिताकुमारी मिश्रले ५ हजार २५४ र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले ३ हजार ३४५ मत ल्याएका छन् ।
जनकपुरधामको २५ वडामध्ये अब वडा नम्बर १४ र १५ को मत परिणाम मात्र आउन बाँकी रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।