आफ्नो विजयोत्सव मनाउन नवनिर्वाचित अध्यक्ष यादवले दिए गाउँपालिकाभरि बिदा

सप्तरीको रूपनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवले सोमबार गाउँपालिकाभरि सार्वजनिक बिदा दिएका छन् । उनले आफ्नो विजयोत्सव मनाउन गाउँपालिकाभरि बिदा दिन निर्देशन दिएका हुन् ।   

पद तथा गोपनीयताको सपथ पनि नलिएका यादवको निर्देशनअनुसार गाउँपालिकाले आज पालिकाभरि सार्वजनिक बिदा दिएको उल्लेख गरेको छ ।

‘स्थानीय तह निर्वाचनमा यस गाउँपालिकामा नवनिर्वाचित पदाधिकारीहरूको विजय उत्सव मनाउने प्रयोजनका लागि रूपनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशानुसार गाउँपालिका क्षेत्रभित्रका सरकारी कार्यालय, संघसंस्था, शिक्षण संस्था, स्वास्थ्य संस्थाहरूलगायत सम्पूर्ण कार्यालयहरूमा आजका दिन सार्वजनिक बिदा दिइएको व्यहोरा जानकारीका लागि अनुरोध छ,’ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीले जारी गरेको सूचनामा भनिएको छ । 

यादव लोकतान्त्रिक समाजवादी पार्टीबाट गाउँपालिका अध्यक्षमा विजयी भएका थिए । गाउँपालिका उपाध्यक्ष पनि लोसपाबाटै पुष्पाकुमारी श्रेष्ठ निर्वाचित भएकी छन् ।





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार १२:८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया