धनगढीको विकासका लागि पञ्चवर्षीय योजना बनाउने मेयर हमालको पहिलो निर्णय
फरकधार / ९ जेठ, २०७९

कैलालीको धनगढी उपमहानगरपालिका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले धनगढीको योजनावद्ध विकास गर्न पहिलो पञ्चवर्षीय योजना बनाएर अघि बढ्ने पहिलो निर्णय गरेका छन् ।



पदभार ग्रहण गरेसँगै उनले सोमबार प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले पेस गरेको फाइलमा हस्ताक्षर गर्दै यस्तो निर्णय गरेका हुन् । 

‘सीमित साधन स्रोतलाई प्रभावकारी ढंगबाट परिचालन गरी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ योजनावद्ध विकासको थालनी गर्न आगामी आव २०७६/०८ देखि २०८३/०८४ सम्मको पहिलो पञ्चवर्षीय आवधिक योजना (विकास प्रशासनको प्रमुख आधारका रूपमा रहने) बनाइ कार्यान्वयनमा लगिनेछ,’ निर्णयमा उल्लेख गरिएको छ । 





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार १३:१०:२४,   अन्तिम अपडेट : जेठ ९, २०७९ साेमबार १३:१५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया