रौतहटको वृन्दावन नगरपालिकाको मेयरमा नेकपा एसका पटेल निर्वाचित

रौतहटको वृन्दावन नगरपालिकाको मेयरमा एकीकृत समाजवादी पार्टीका उम्मेदवार विनोदप्रसाद पटेल निर्वाचित भएका छन् । 

बृन्दावन नगरपालिका–६ हर्षाहा घर भएका पटेल ६ हजार १ सय १२ मतसहित मेयरमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राम स्नेही यादवले ४ हजार ६ सय ७८ मत ल्याए । 

त्यस्तै, उपमेयरमा एकीकृत समाजवादी पार्टीकी संगीतादेवी राम निर्वाचित भएकी छन् । उनी ५ हजार ८ सय २५ मतका साथ बृन्दावनको उपमेयरमा निर्वाचित भएकी हुन् ।

उपमेयरमा निर्वाचित रामले ५ हजार ८ सय २५ मत ल्याइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सैवुन खातुनले ५ हजार ९ मत पाएकी छन् । 





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार १३:५१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया