अभिनेता जोशी र सात नेपालीको लण्डन टु पेरिस साइकल यात्रा

अभिनेता, निर्माता बिक्रम डि जोशीले २४० माइल (करिब ३८७ किमी) लामो दूरी साइकलबाटै पूरा गरेका छन् । लामो समयदेखि बेलायत बस्दै आएका जोशीले हेल्प नेपाल नेटवर्कले धुलिखेलमा संचालन गरेको चिल्ड्रेन्स् होम नामक अनाथालयलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले ६ जना साथीहरुका साथमा गत शुक्रबार बिहान लण्डन ब्रिजबाट ‘लण्डन टु पेरिस च्यारिटी राइड’ सुरु गरेका थिए । उनीहरुले आइतबार यात्रा पूरा गरेका हुन् । 

साइकल यात्रा टिममा जोशीसहित शुलभ पन्त, सुशील प्रसाईं, मनोज श्रेष्ठ, प्रसिद्ध प्रधान, सुनील कार्की र लक्ष्मण गुरुङ छन् । यात्रा सुरु गरेको दिन (२० मे) मा बाटोमा भारी बर्षाको सामना गर्नु परेको अभिनेता जोशीले बताए ।

‘पहिलो दिन बाटोमा वर्षा तथा हावाहुरीले निकै अबरोध गर्यो,’ उनले भने,‘तर पनि त्यो दिन करिब ८ घण्टा साइकिलिङ गर्यौं ।’ दोश्रो दिन भने निरन्तर १० घण्टा साइकल चलाएको उनले सुनाए । तेश्रो दिन अर्थात् २२ मेमा भने उनलाई केही समय साइकलले धोका दिएछ । ‘मेरो साइकल बिग्रीयो तर पनि प्रसिद्ध प्रधानजीले ठिक गर्नु भयो । हामी निर्धारित समयमै यात्रा पूरा गर्न सफल भयौँ,’ पेरिसबाट उनले भने ।

पाइडल घुमाउँदै लण्डन ब्रिजबाट पेरिसको आइफेल टावर पुगेको सो टोलीले लक्षित भन्दा धेरै सहयोग रकम जुटाएको छ । ‘हामीले कम्तीमा ५ हजार पाउन्ड संकलन गर्ने टार्गेट गरेका थियौं । तर हामीलाई ६ हजार पाउन्ड सहयोग जुटेको छ,’ जोशीले भने, ‘हाम्रो यात्राको उद्देश्य थाह पाएपछि मान्छेहरु स्वस्र्फुत रुपमा सहयोग गर्न तयार भए । हामीलाई त्यस अबधिमा ११० जनाले रकम सहयोग गरेका छन् ।’





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार १६:२२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया