जिडिपीमा पर्यटन क्षेत्रको योगदान कम देखियो : पर्यटन बोर्ड सिइओ

नेपाल पर्यटन बोर्डले बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले पर्यटन क्षेत्रको जिडिपीमा योगदान कम देखिएको बताएका छन् । पर्यटन व्यवसायीले प्याकेज बिक्री गरेबापतको रकम बैंकिङ च्यानलभन्दा बाहिरबाट आउने गरेकाले यस्तो भएको उनको ठम्याइ छ ।

सोमबार पर्यटन बोर्डको तर्फबाट नवनियुक्त बोर्ड सदस्य, नाटा र भिटोभका नयाँ कार्यसमिति सदस्यहरुलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् । पर्यटकहरुले अनलाइनमार्फत किनेको प्याकेज ७० प्रतिशत रकम विदेशी खातामा नै जम्मा गर्ने गरेकाले पर्यटन क्षेत्रको योगदान कम हुँदै गएको उनले बताए । 

कार्यकारी प्रमुख डा. रेग्मीले पर्यटन क्षेत्रले मुलुकको कुल गार्हस्थ उत्पादनमा ७ देखि १० प्रतिशत योगदान रहेकाले त्यो योगदान कायम राख्न यस्तो रकम बैंकिङ च्यानलमार्फत नेपाल आउनुपर्ने बताए । व्यवसायीले आफूलाई कार्यकारी प्रमुखले सधैँ करको कुरा गर्ने आरोप लगाएको बताए । पर्यटन क्षेत्रले राज्यलाई पुर्याउने योगदानको विषय गर्वका साथ भन्न सक्ने अवस्था सिर्जना गर्ने वातावरण बनाउन आफूले करको विषय उठान गरेको उनले बताए । 

कोभिडपछि पर्यटनमा देखिएको समस्या समाधान गर्न बोर्डले काम गरिरहेको प्रमुख रेग्मीले बताए । पछिल्लो समय नेपालमा पर्यटक आगमनमा भएको वृद्धिले पर्यटन छिट्टै लयमा फर्किने आशा जगाएको उनले बताए । 

बोर्डले क्यानडामा नेपालको प्रवद्र्धनमा काम गरिरहेका बोर्डका मानार्थ जनसम्पर्क प्रतिनिधि (एचपिआरआर) नरबहादुर टण्डनलाई पनि सोही अवसरमा सम्मान गरेको छ ।





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार १९:११:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया