यौनजन्य हिंसाको हदम्यादबारे एमालेकी पूर्वमन्त्री थापा भन्छिन्– हदम्याद त राख्नैपर्छ

संदीय समितिमा यौनजन्य हिंसामा हदम्याबारे छलफल भएको छ । सुन्दरी प्रतियोगिताका आयोजकले आफूमाथि नसालु पदार्थ खुवाएर बलात्कार गरेरको एक युवतीले भिडियो सन्देशमार्फत घटना सार्वजनिक गरेपछि यौनजन्य हिंसामा गरिएको हदम्यादबारे पुनर्विचार गर्नुपर्ने आवाज उठिरहेको छ । 

यसैक्रममा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकमा हदम्यादबारे छलफल भएको हो । छलफलका क्रममा एमालेकी सांसद तथा पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीसमेत रहेकी थममाया थापाले यौनजन्य हिंसाका घटनाको अनुसन्धानका लागि हदम्याद राख्नैपर्ने धारणा राखेकी छन् । 

यौनजन्य हिंसा रोक्नका लागि सशक्त कानुन बनाउन सकिने भन्दै उनले भनिन्, ‘यौनजन्य हिंसामा हदम्यादै नराख्ने भन्ने कुरा भएन । हदम्याद त राख्नैपर्ने हुन्छ।’

पीडकलाई कडा कानुनी कारबाही र पीडतलाई न्याय दिने गरी कानुन बनाउनुपर्नेमा जोड दिएकी उनले यसका लागि आवश्यक परे कानुन परिमार्जन पनि गर्नुपर्ने बताइन् । 

पीडितले न्याय र पीडक उम्कन नपाउने गरी कानुन बनाउनुपर्ने बताउँदै सांसद थापाले यसका लागि कानुनी व्यवस्था कडा र कार्यान्वयनका इमान्दारिता हुनुपर्ने बताइन् । 





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार १९:१८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया