माग्नेबुढा निर्देशित ‘कमेडी हब’ आउँदो बुधबारबाट

हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा)को निर्देशनमा रहेको स्ट्याण्डअप कमेडी टेलिभिजन सो ‘कमेडी हब’ बुधबारदेखि प्रसारण हुने भएको छ ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सोको विषयमा औपचारिक जानकारी गराइएको हो । कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित हास्यविधाका चर्चित कलाकारले यो सोको शुभारम्भ गरे । 

एक दर्जनभन्दा बढी नयाँ पुस्ताका कमेडी कलाकारलाई लिएर मिडिया हबले कार्यक्रम निर्माण गर्ने जनाएको छ । कमेडी च्याम्पियन हिमेश पन्तसहितका १८ कमेडियनले स्ट्याण्डअप कमेडी प्रस्तुत गर्ने भएका छन् ।

कलाकार केदार घिमिरेले कार्यक्रममा नयाँ आयाम थपेर प्रस्तुत गर्ने बताए । आगामी दिनमा यसले कमेडीको क्षेत्रमा धेरै सहयोग पुग्ने उनले बताए । 

कार्यक्रममा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल, जितु नेपाल, दीपकराज गिरी, दीपाश्री निरौलालगायत कलाकारले धेरै आयाम थपेर निर्माण हुन लागेको कमेडी हब सुपरहिट बन्ने भन्दै शुभकामना व्यक्त गरे । 

यसका लागि कमेडी हबले माग्ने बुढा र राजा राजेन्द्रसँग सहकार्य गरेको छ । एपिवान टेलिभिजनमा प्रत्येक बुधबार राति ८ बजे कार्यक्रम प्रसारण हुने जनाइएको छ । 



सोमा माग्ने बुढा, राजा राजेन्द्र पोखरेल र हिमेशसहित सुवोध गौतम, राजेन्द्र नेपाली लट्टे, जानुका पौडेल प्याकुली, दिलीप तामाङ हुरहुर, खड्गबहादुर पुन खबपु, प्रभात लामा, संगम राई लब्ली, नारिया गिरी, राधिका कँडेल, वेदना राई मैना, सीता न्यौपाने, अनिल राई आम्बो, दीपेन्द्र प्रसाईं, कल्पना खतिवडा र दीपेश घिमिरेले कमेडी पस्किनेछन् ।



  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार २०:२५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया