प्रदेश र संघको निर्वाचनमा पनि पाँच दलबीच तालमेल हुन्छ : नारायणकाजी श्रेष्ठ

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले पाँच दलीय गठबन्धनबीच आगामी प्रदेश र संघको निर्वाचनमा पनि तालमेल हुने बताएका छन् ।

स्थानीय तह निर्वाचनमा गरिएको तालमेल असफल भएको निष्कर्ष नभएको र प्रदेश र संघीय निर्वाचनसम्मै गठबन्धन दलहरूबीचको तालमेललाई निरन्तरता दिने पहिले नै निर्णय भएको बताए ।

‘तालमेल असफल भयो भन्ने अवस्था छैन । तर, पार्टीको औपचारिक बैठक बसेर समीक्षा गर्न बाँकी छ । समीक्षापछि तालमेल कति सफल र कति असफल भन्न सकिन्छ । यद्यपि, स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेकै बेला संघ र प्रदेशमा पनि तालमेल गर्ने कुरा भएको छ’, श्रेष्ठले भने ।

गठबन्धनमा रहेकै दल नेपाली कांग्रेसले तालमेल सफल र परिणाम सकारात्मक आएको निष्कर्ष निकालेको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको परिणामले संघ र प्रदेशको निर्वाचनमा तालमेलको आधार मजबुद बनेको पनि बताएका बेला नेता श्रेष्ठको पनि तालमेल हुनसक्ने अभिव्यक्ति सार्वजनिक भएको हो ।

७५३ मध्ये एमाले बलियो भएको स्थानीय तहमा मात्र गठबन्धन दलहरूबीच तालमेल भएको थियो ।  





  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार ८:२२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया