\
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले अग्रता कायमै राखेका छन् । १ लाख ४५ हजार ३६२ मतगणना हुँदा उनले ४९ हजार ३५८ मतसहित अग्रता कायम राखेका हुन् ।
बालेनकी निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३० हजार ६९ मत प्राप्त गरेकी छन् । उनी बालेनभन्दा अझै १९ हजार २८९ मतले पछाडि छिन् ।
तेस्रो स्थानमा रहेका नेकपा एमाले उम्मेदवार केशव स्थापितले २९ हजार २८४ मत पाएका छन् । अहिलेसम्म राप्रपाबाट मेयर उम्मेदवार रहेका मदनदास श्रेष्ठले ४ हजार ४४७ मत ल्याए ।
उपमेयरतर्फ एमाले उम्मेदवार सुनिता डंगोलले ५२ हजार ८०९ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १७ हजार ८८४ मत ल्याएका छन् ।
राप्रपाका उम्मेदवार विनिता मगैयाले ९ हजार १६१ मत प्राप्त गरेकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।