\
खाना पकाउने एलपी ग्यासको मूल्यवृद्धिको विरोधमा प्रदेश-१ को मुख्यमन्त्री कार्यालय अगाडि उपभोक्ताले प्रदर्शन गरेका छन् ।
उपभोक्ताको ढाड सेक्नेगरी मूल्यवृद्धि गरेको भन्दै मुख्यमन्त्री कार्यालय अगाडी खाली सिलिन्डरसहित उपभोक्ताले प्रदर्शन गरेका हुन् ।
उपभोक्ता अधिकारका लागि आवाज उठाउँदै आएको संस्था पब्लिक फोरमको अगुवाइमा प्रदर्शन गरिएको हो ।
संघीय सरकारले जस्तोसुकै निर्णय गर्दा पनि प्रदेश सरकारले मूकदर्शक भएकाले मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गर्नुपरेको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताए ।
संघीय सरकारले गरेको निर्णयका कारण आम उपभोक्ता मारमा पर्ने भएकाले प्रदेश सरकारले आवाज उठाउनुपर्ने उनले बताए ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर, हामी पीडामा तिमी मोज मस्तीमा, महँगी र भ्रष्टाचार संघीय व्यवस्थाको उपज हो ?, प्रदेश सरकार सुतेको हो जस्ता नारासहितका प्लेकार्ड र खाली सिलिन्डर राखेर उनीहरूले प्रदर्शन गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।