यु-२० एसिया कप छनोटमा नेपाल समूह ‘बी’ मा

एएफसी यु–२० एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । एएफसीले मंगलबार सार्वजनिक गरेको समूह विभाजनअनुसार समूह ‘बी’ मा नेपालसहित कतार, भुटान, बहराइन र बंगलादेश रहेका छन् । यो समूहको छनोट खेल बहराइनमा हुनेछ ।

एएफसीले छनोटका सहभागी ४४ टोलीलाई १० समूहमा विभाजन गरेको छ । छनोटबाट प्रत्येक समूहका विजेता तथा उत्कृष्ट पाँच उपविजेताले अर्को वर्ष उज्वेकिस्तानमा हुने यु–२० एसियन कपमा स्थान बनाउने छन् । 
 





  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार १४:४९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया