सहुलियत दरमा इन्धन उपलब्ध गराउन कांग्रेस नेता पौडेलको माग
फाइल तस्वीर

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सरकारसँग कर कटौती गरेर सहुलियत दरमा इन्धन उपलब्ध गराउन माग गरेका छन्। 

उनले इन्धन करमा केही कटौती गरेरै भए पनि तत्काललाई सहुलियत दरमा इन्धन उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यान जान जरूरी रहेको नेता पौडेलको भनाइ छ। 

इन्धनको मूल्यवृद्धिसँगै सार्वजनिक सवारीदेखि ढुवानी भाडा र उपभोग्यदेखि निर्माण सामग्रीसम्मको मूल्य अकासिँदा आम नागरिकहरु थप पीडित बन्ने उनले बताएका छन्। 

‘इन्धनको मूल्यवृद्धीसँगै सार्वजनिक सवारीदेखि ढुवानी भाडा र उपभोग्यदेखि निर्माण सामग्रीसम्मको मूल्य अकाशिन्छ। यसबाट आम नागरिकहरु थप पीडित बन्ने छन्,’ पौडेलले ट्विटरमा लेखेका छन्, ‘इन्धन करमा केही कटौती गरेरै भए पनि तत्काललाई सहुलियत दरमा इन्धन उपलव्ध गराउनु पर्छ। मूल्यवृद्धी नियन्त्रण गर्न सरकारको ध्यान जान जरूरी छ।’ 

हाल पेट्रोलमा नेपाल सरकारले ६३ रुपैयाँ हाराहारीमा कर उठाइरहेको छ। त्यसमा भन्सार शुल्क, सडक मर्मतसम्भार शुल्क, प्रदूषण शुल्क, मूल्य स्थिरीकरण कोष शुल्क र भौतिक पूर्वाधार विकास शुल्क समेटिन्छ।





  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार १५:३३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया