धनुषाका नवनिर्वाचित मेयर तथा अध्यक्षले लिए शपथ

धनुषाका १८ वटै स्थानीय तहका नवनिर्वाचित मेयर तथा अध्यक्षहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

सोमबारसम्म जिल्लाका सबै स्थानीय तहहरूको अन्तिम नतिजा सार्वजनिक भइसकेपछि मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले नवनिर्वाचित मेयर र अध्यक्षहरूलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । 

जनकपुरधाम उपमहानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत प्याकुरेलले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०९ ले गरेको व्यवस्था अनुसार निर्वाचित १८ वटै पालिकाका प्रमुखलाई शपथ ग्रहण गराएका हुन् । 

धनुषामा एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका रहेको छ ।  सबै स्थानीय तहका प्रमुखहरूले शपथ लिएका छन् । 

शपथ ग्रहण गरेका नवनिर्वाचित नगरप्रमुखहरूले आ-आफ्नो पालिकाका निर्वाचित अन्य जनप्रतिनिधिहरूलाई शपथ खुवाउने छन् ।

यसैबीच, जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मनोज कुमार साह र उपप्रमुख किशोरी साहले शपथ ग्रहण गरेलगत्तै पदभरसमेत ग्रहण गरेका छन् ।





  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार १७:२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया