नेपालको आफ्नै सेटलाइट स्थापना गरिने
फाइल तस्वीर

नेपालले आफ्नै सेटलाइन स्थापना गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ ।  

संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्ष नेपालको आफ्नै सेटलाइट स्थापना गर्ने प्रक्रिया अगाडि बढाइने बताएकी हुन् । 

यस्तै, साइबर सुरक्षा प्रणाली लागू गरिने पनि उनले बताइन् । त्यस्तै, डिजिटल साक्षरता प्रणालीलाई अभियानको रूपमा अगाडि बढाइने नीति तथा कार्यक्रममा भनिएको छ । राष्ट्रपति भन्डारीको सम्बोधन जारी छ ।





  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार १७:३६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया