पाकिस्तानः २०१८ मा २६२ आतंकवादी हमला

एजेन्सी– २०१८ मा पाकिस्तानमा २६२ आतंकवादी हमला भएका छन् । आतंकवादीको आक्रमणमा परी ५९५ मानिसको मृत्यु भएको छ भने १ हजार भन्दा बढी घाइते भएका छन् । यो क्रममा १२० सुरक्षाकर्मीको मृत्यु भएको छ । इस्लामाबादस्थित थिंक ट्यांक ‘पाक इन्टिच्युट फर पिस स्टडिज’ को वार्षिक मुखपत्रमा यो तथ्यांक उल्लेख गरेको छ । 

यो रिपोर्टका अनुसार आक्रमणमा सबैभन्दा धेरै सुरक्षाकर्मी र कानुन लागू गर्ने निकायलाई निशाना बनाइएको देखिन्छ । यो आक्रमणको संख्या करिब १३६ रहेको छ । नेता र कार्यकर्तालाई निशाना बनाएर २४ हमला भएको छ । जसमा २१८ मानिसको मृत्यु भएको छ र ३९४ व्यक्ति घाइते भएका छन् । 

२०१८ मा पाकिस्तानमा भएको आम चुनावको प्रचारका क्रममा सबैभन्दा खतरनाक हमला भएको थियो । जुलाईमा दक्षिण पश्चिम पाकिस्तानमा एक चुनावी र्यालीको क्रममा भएको आत्मघाती हमलामा १२८ जना मानिसको मृत्यु भएको थियो । 

बलुचिस्तान र खैबर पख्तुनख्वामा सबैभन्दा बढी हमला भएको छ । मृत्यु भएका ५९५ मानिसमध्ये  करिब यो क्षेत्रका ३८ प्रतिशत मानिस आतंकवादी आक्रमणको शिकार भएका छन् । 

पाकिस्तानमा अघिल्लो वर्षभन्दा यो वर्ष आतंकवादी आक्रमण २९ प्रतिशतले कम रहेको र हताहत हुनेको संख्या २७ प्रतिशतले कम रहेको रिपोर्टमा उल्लेख छ । तर बलुचिस्तानमा आतंकवादसँग सम्बन्धित घटना २०१७ को तुलनामा २३ प्रतिशतले वृद्धि भएको छ । 

पाकिस्तानमा भएका यी घटनामध्ये १७१ घटना तहरिक ए तालिवान पाकिस्तान (टिटिपि) र यसबाट अलग भएको संगठन उल अहरार, हिज्बुल अहरारले जिम्मा लिएका छन् । जसमा ४४९ मानिसको मृत्यु भएको थियो । 



आतंकवादी संगठनपछि सबैभन्दा धेरै आक्रमण बलुचिस्तान र सिन्धमा रहेका पृथकतावादीले गराएका छन् । ८० आक्रमणका घटनामा ९६ मानिसको मृत्यु भएको छ । ११ वटा हमला कट्टरपन्थीले गरेका थिए जसमा ५० मानिसको मृत्यु भएको थियो । 
 



  • प्रकाशित मिति : पुस २४, २०७५ मंगलबार ९:५०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया