मतगणना नसकिँदै प्रतिस्पर्धीले दिए चिरीबाबुलाई बधाई

ललितपुर महानगरपालिकाको मेयरको अन्तिम मतपरिणाम आउनुअघि नै नेपाली कांग्रेसका चिरिबाबु महर्जनलाई प्रतिस्पर्धीले बधाई दिएका छन् । उनलाई एमालेका मेयर उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले बधाई दिएका हुन् ।

मतगणना अन्तिम चरणमा पुग्दा ललितपुरको मेयरमा महर्जनको र उपमेयरमा एमालेकी मञ्जली शाक्यको जित सुनिश्चित भएको हो । दुवै उम्मेदवारले विपक्षीभन्दा १० हजारभन्दा बढी मतको अग्रता लिएका छन् ।

यसै क्रम महर्जनलाई निकटतम प्रतिद्वन्द्वी व्यञ्जनकारले औपचारिक घोषणा हुनुअघि नै बधाई दिएका छन् । महर्जनले यसअघि ०७४ मा भएको निर्वाचनमा पनि व्यञ्जनकारलाई नै हराएर मेयरमा विजयी भएका थिए ।





  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार १९:२८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया