बालेनका नाममा बन्यो गीत ‘स्याबास् बालेन स्याबास्’ (भिडियोसहित)

काठमाडौं महानगरपालिकाको मेयरमा जितउन्मुख रहेका बालेन्द्र शाह ‘बालेन’को विषयमा बनेको गीत सार्वजनिक भएको छ । कुनैबेला बालेनकै सांगीतिक समूहका रहेका संगीतकर्मी नित्य डी’ कुँवरले ‘स्याबास् बालेन स्याबास्’ नामको नयाँ गीत सार्वजनिक गरेका हुन् । 

बालेन शाहलाई समर्थन र मेयर पदमा जितपश्चात् राम्रो काम गर्न अभिप्रेरित गर्न भन्दै उनले सो गीत सार्वजनिक गरेका हुन् । 

बालेनको आँट, आत्मविश्वास र अघिल्लो चुनावअघिदेखिको अठोट, अनुसन्धान र हालको चुनावी गृहकार्यका साथै उनलाई पत्याउने मतदातालाई समेत तारिफ गर्न गीत सिर्जना गरेको नित्यले बताए।

परिवर्तनको राम्रो सुरुआत नेपालमा देखिसकिएको र यसको निरन्तरतालाई प्रेरित गर्न आफ्नो तर्फबाट केही न केही त गर्नैपर्छ भन्ने सोचस्वरुप व्यस्तताका बाबजुद गीत तयार गरेको उनले बताए । 





  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार २०:३७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया