\
सिन्धुलीका एक किशोरले विश्वकै सबैभन्दा होचा टिनएजर (किशोर)क रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम दर्ता गराएका छन् ।
गोलन्जोर गाउँपालिका–४ का १८ वर्षीय डोरबहादुर खपांगीको उचाइ ७३.४३ सेन्टिमिटर (२ फिट ४.९ इन्च) छ । सोमबार पर्यटन बोर्डका सिइओ धनन्जय रेग्मीले उनलाई प्रमाणपत्र दिएका हुन् ।
उनलाई दिइएको प्रमाणपत्रमा भनिएको छ,‘संसारको सबैभन्दा होचो टिनएजर (पुरुष) डोरबहादुर खपांगी (१४ नोभेम्बर २००४ जन्म) जसको उचाइ ७३.४३ सेमि छ ।’
यसअघि भारतकी ज्यो एमेगलाई सन् २००९मा सबैभन्दा होची टिनएजरको उपाधि दिइएको थियो । उनको उचाइ ६१.९५ सेमी थियो ।
खपांगीले गत कात्तिक दोस्रो साता नागरिकता पाएका थिए । उनलाई नागरिकता दिनुअघि जिल्ला प्रशासनले उमेर यकिन गर्न चिकित्सकको सहयोग लिएको थियो ।
सामान्य बोल्ने र सामान्य कान सुन्ने खपांगीले औपचारिक रुपमा पढाइलेखाइ भने गरेका छैनन् । खपांगीले उपाधि ग्रहण गर्ने क्रममा सोमबार उनको साथमा उनका दाजु नरबहादुर पनि थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।