रौतहटको गढीमाई नगरपालिकाको मेयरमा कांग्रेसमा यादव निर्वाचित

रौतहटको गढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसमा उम्मेदवार श्यामप्रसाद यादव विजयी भएका छन् । आज सम्पन्न मतगणनामा उनी ८ हजार ६३१ मतसहित मेयरमा विजयी भएका हुन् । 

यादवका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपाल उम्मेदवार शेख अबुलकलाम आजादले ८ हजार ७३ मत ल्याए । उनी र यादवबीचको मतान्तर ५५८ रह्यो ।  
उपमेयरमा जनता समाजवादी पार्टी, नेपालकी उम्मेदवार स्मिताकुमारी यादव ६ हजार ६७१ सहित विजयी भएकी छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का उम्मेदवार नागेन्द्र सिंहले ५ हजार ९०२ मत ल्याए ।  

रौतहटको १८ मध्ये १६ वटा पालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ । फतुवा विजयपुर र गरुडाको मतगणना जारी छ ।


 





  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार १०:३५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया